धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ३६ जना घाइते

२०८२ आश्विन १८, शनिबार

काठमाडौं : धनगढीबाट काठमाडौँतर्फ आउँँदै गरेको यात्रुवाहक बस कपिलवस्तुको वनकसवासामा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।

ना ८ ख ५७०३ नम्बरको बस शनिवार बिहान करिब साढे ५ बजे सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो । दुर्घटनामा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये १६ जनालाई थप उपचारका लागि बुटवलस्थित प्रादेशिक अस्पतालमा रिफर गरिएको छ भने २० जनाको उपचार चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार