शाहरुख खान अर्बपतिको सूचीमा

२०८२ आश्विन १६, बिहीबार

काठमाडौं : बलिउड स्टार शाहरुख खान पहिलोपटक अर्बपतिको सूचीमा सामेल भएका छन् । यसले उनलाई संसारका अर्बपतिको सूचीमा सामेल गराएको छ ।

हुरुन इन्डिया रिच लिस्ट २०२५ ले तयार पारेको भारतका धनी व्यक्तिहरूको वार्षिक सूचीअनुसार, ५९ वर्षीय अभिनेताको कुल सम्पत्ति १.४ अर्ब डलर अनुमान गरिएको छ ।

यसले उनलाई अर्नोल्ड स्वार्जनेगर, पप स्टार रिहाना, गल्फर टाइगर वुड्स, गायिका टेलर स्विफ्टजस्ता विश्वव्यापी सेलिब्रेटीसँगैको सूचीमा राखेको छ । जसको कुल सम्पत्ति फोर्ब्स पत्रिकाले १.६ अर्ब डलर अनुमान गरेको छ ।

सूचीमा रहेका अन्य बलिउड कलाकारमा अभिनेत्री जुही चावला, अभिनेता ऋतिक रोशन र अमिताभ बच्चन र फिल्म निर्देशक करण जोहर समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार