काठमाडौं : काठमाडौं उपत्यकामा ठूलो पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर भएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरण अनुसार यो प्रणाली अहिले कोशी प्रदेशतिर सरेको छ ।काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा मौसमी प्रणाली कमजोर भइसकेको र ठूलो पानी पर्ने संकट टरेको महाशाखाका मौसमविद्ले जनाएका छन् ।
मधेश प्रदेशमा अझै पनि पानी पार्ने बादल देखिए पनि शनिबारको जस्तो ठूलो पानी पर्ने सम्भावना कम रहेको छ । महाशाखाले जारी गरेको सूचना अनुसार अहिले पानी पार्ने प्रणाली कोशी प्रदेशमा देखिन्छ । त्यसको प्रभावले पाँचथर, इलाम, झापादेखि चतरासम्मको तराईका भूभागका धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ ।
बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा (मनसुनी वायुको) प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।





