समय बलवान छ, सबैले बुझ्न पर्छ : महेश बस्नेत

२०८२ आश्विन १९, आईतवार

काठमाडौं : नेकपा एमाले नेता महेश बस्नेतले आफ्नो फेसबुक स्टाटसमार्फत व्यक्त गरेका विचारहरूले यतिबेला सामाजिक सञ्जालमा चर्चा बटुलिरहेको छ ।

उनले समयको परिवर्तनशीलता र मानवीय संवेदनालाई जोडेर नेपाल प्रहरीको भूमिकाको प्रशंसा गर्दै लेखेको स्टाटसले चर्चा पाएको हो ।

बस्नेतले आफ्नो स्टाटसमा विगतको एउटा दुखद घटनालाई स्मरण गर्दै वर्तमानमा प्रहरीले देखाइरहेको निःस्वार्थ सेवाको तुलना गरेका छन् । उनले लेखेका छन्, ‘अस्ति बिदेशीको डिजाइनमा रिसले अन्धा बनाइएका जेन्जीले प्रहरीलाई खोलामा डुबाएर, ढुंगा हान्दै मारे । आज त्यही प्रहरी उही खोलामा बगिरहेका जनतालाई आफ्नो प्राण हत्केलामा राखी बचाइरहेछ, निःस्वार्थ भावले ।’

बस्नेतले अगाडि भनेका छन्, ‘एउटा कुरा पक्कै हो, समय बलवान छ, सबैले बुझ्न पर्छ । प्रहरी पनि मानवीय हृदय बोकेको नेपाली हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार