काठमाडौं : नेकपा (एमाले) का नेता सूर्य थापाले जेनजी आन्दोलनका नाममा केपी शर्मा ओली र राधिका शाक्यको पदचाप मेटाउन खोजेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट गर्दै उनले एमाले अध्यक्ष ओली र उनकी पत्नी शाक्यको पदचापसम्म मेटाउन आठ वटा घर र सम्पत्ति खरानी पारेको जनाएका छन् । आततायी जल्लादहरूले ओलीको पुर्ख्यौली घरदेखि डेरासम्म जलाएको उनको भनाई छ ।
ओलीको घरमा आगजनी गर्न नेपाली कांग्रेस दोलखाका क्षेत्रीय उपसभापति सुवास लामा स्वयं बालकोटस्थित निवासमा पुगेको उल्लेख गर्दै उनले क्षति ओलीको निजी सम्पत्तिमा भयो कि राष्ट्रिय सम्पत्ति ?भन्दै प्रश्न गरेका छन् ।






