काठमाडौँ : दुई दिनदेखिको अविरल वर्षापछि आएको लेदोसहितको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएको छ ।
रोशी खोलाले गत वर्ष बनाएको अस्थायी डाइभर्सन बगाएपछि बिपी राजमार्ग पूर्णरूपमा बन्द भएको हो । सडक डिभिजन भक्तपुरका अनुसार बिपी राजमार्ग खुल्न कम्तीमा पाँच दिन लाग्नेछ । डिभिजनका साइट इन्जिनियर दुर्गाप्रसादका अनुसार आज पनि रोशी खोलामा बहाव घटेको छैन । खोलाको बहाव घटेपछि बल्ल डाइभर्सन बनाउन सुरू गरिने भइको छ ।
अहिले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म पूर्णरूपमा सडक अवरूद्ध छ । भकुण्डेयता धुलिखेलसम्म पनि केही स्थानमा सडक भासिएको छ भने पहिरो खसिरहेको छ ।





