गुण्डा नाइके युवराज गुरुङ फेरि पक्राउ

२०८२ आश्विन १९, आईतवार

काठमाडौँ : गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् ।

धाकधम्की दिएको आरोपमा उनलाई काठमाडौंको टोखास्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ।परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार गुरुङले कसैलाई धम्की दिएको उजुरी परेपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।यद्यपि, प्रहरीले कसलाई र के विषयमा धम्की दिएको भन्नेबारे विस्तृत जानकारी खुलाएको छैन।

नुवाकोट घर भएका गुरुङ गुण्डागर्दी र कुटपिटका घटनामा पटक-पटक पक्राउ पर्ने र छुट्ने गर्दै आएका व्यक्ति हुन्। यसअघि उनी गत साउन १५ गते ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।

पक्राउ परेका गुरुङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार