काठमाडौँ : एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ ।
मोरङ जिल्ला केराबारी गाउँपालिका –२ घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत सहायक हवल्दार सुरेन्द्र सुब्बा लिम्बूको मृत्यु भएको हो।
आइतबार साँझ साढे ६ बजे बेलबारी –११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ च १९७८ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आउँदै गरेको सहायक हवल्दार लिम्बूले चलाएको प्रदेश १–०२– ०४७ प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घाइते लिम्बूलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
ठक्कर दिने एम्बुलेन्स चालक दमक नगरपालिका ९ का ४१ वर्षीय विष्णु प्रसाईँ प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ ।





