दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष यादव पक्राउ

२०८२ आश्विन २०, सोमबार

काठमाडौँ : सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो। वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिराहाको एसपी अनन्तराज शर्माले हाम्रोदेशलाई जानकारी दिए। उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजीकार्य भइरहेको छ।

दसैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो। त्यही बेलामा अनधिकृत जग्गा (ऐलानी) मा बसेका ४/५ वटा घर भत्काइदिएको एसपी शर्माले बताए। ‘तीन वटा घर पूर्ण रूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ,’ उनले भने, ‘लुटपाट भएको भन्नेकुरा पनि आएको छ। हामी अनुसन्धान गरिरहेका छौं।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार