नेपालले आज कतारविरुद्ध अभ्यास खेल खेल्दै

२०८२ आश्विन २०, सोमबार

काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारविरुद्ध अभ्यास खेल खेल्दै छ ।

अभ्यास खेल आज ‌ओमानको ओमान क्रिकेट ऐकेडेमी ग्राउन्ड-१ मा नेपाली समयअनुसार बेलुका ४:१५ बजेदेखि सुरु हुनेछ। नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो । यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेल्न लागिएको हो ।

विश्वकप छनौट अन्तर्गत ‘समुह बी’ मा जापान र कुवेतसँग रहको नेपालले पहिलो खेल कुवेतसँग बुधबार खेल्दै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार