घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्छ : प्रचण्ड

२०८२ आश्विन २०, सोमबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले घोषित मितिमै प्रतिनिधि सभाको निर्वाचन हुनुपर्ने बताएका छन् ।

आज पार्टी कार्यालयमा बसेको सचिवालय बैठक सकिएर बाहिरिने क्रममा प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले भने,‘घोषित मितिमा निर्वाचन हुनुपर्छ, हामी सबै राजनीतिक दल निर्वाचनमा सहभागी हुनुपर्छ भन्नेमा छौँ। हाम्रो पार्टी सक्रियताको साथ निर्वाचनमा भाग लिन्छ र अघि बढ्छ।’

वर्तमान सरकारले आगामी फागुन २१ गतेको लागि प्रतिनिधिसभाको निर्वाचन तोकेको छ । निर्वाचन आयोगले समेत त्यहीअनुसार तयारी थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार