काठमाडौं : कालीगण्डकी करिडोर अन्तर्गत पाल्पाको रम्भा गाउँपालिका–१, हुँगी संगाहामा भएको कार दुर्घटनामा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पाँच जनाको अवस्था सामान्य छ । रूपन्देहीको सोनौलीदेखि पाल्पाको रामपुरतर्फ जाँदै गरेको बा १९ च ६६६१ नम्बरको कार दुर्घटनामा परेको हो ।
घाइतेहरूलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज तानसेन पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । सडक छेउको ढुंगामा ठोक्किएर कार पल्टिएको प्रारम्भिक अनुसन्धानमा देखिएकाले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





