ओली र लेखकविरुद्ध प्रहरीमा जाहेरी

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

हामी नेपाल संस्थाका संयोजक सुदन गुरुङले सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी लिएर गएका हुन्। प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ।

गत २३ भदौमा भएको आन्दोलनमा दमन गरेको घटनामा ज्यान मुद्दामा कारबाहीको माग गरी उनले जाहेरी दिएका हुन्। जेन-जी अगुवाहरुले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिँदै सामाजिक सञ्जालमा दबाब अभियान सुरु गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार