अनावश्यक हर्कत गरे ठूलो मूल्य चुकाउनु पर्ला : महेश बस्नेत

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : नेकपा (एमाले) का नेता महेश बस्नेतले वर्तमान सरकारलाई ‘प्रतिशोधको राजनीति’ नगर्न कडा चेतावनी दिएका छन्।

नेता बस्नेतले सामाजिक सञ्जालमार्फत आफू र आफ्ना विचार मन नपराउने व्यक्तिहरूलाई तारो बनाउने, घरमाथि आक्रमण गर्ने प्रयास गर्ने र फरक विचार राख्नेहरूलाई गिरफ्तार गर्नेजस्ता ‘अनावश्यक हर्कत’ गरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।

उनले विशेषगरी सुदन गुरुङ, उनका ‘मतियारहरू’, र ‘निजी कम्पनीजस्तो बनेको’ गृह मन्त्रालय भन्दै आक्रोश पोखेका छन्।बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, “आफूलाई मन नपरेको व्यक्तिका घरहरूमाथि आक्रमण गर्ने र फरक बिचार राख्ने व्यक्तिहरुलाई गिरफ्तार गर्ने भनेर सोसियल मिडियामा ट्रेन चलाउने, मिडिया ट्रायल गर्ने अनि प्रहरी प्रशासनमा डेलिगेसन गएको नाटक गर्ने सुदन गुरुङ, यसका मतियारहरु र यिनीहरूको निजी कम्पनी जस्तो बनेको गृह मन्त्रालयले प्रतिशोध साँधेर अनावश्यक हर्कत गर्यो भने ठूलो मूल्य चुकाउनुपर्नेछ। यो हेक्का राखेर कदम चाल्न हुन सरकारलाई भन्न चाहन्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार