इलाम बाढीपहिरोमा मृत्यु हनेको संख्या ३९ पुग्यो

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट करिब ४०० मिटर तल आज उनको शव फेला परेको वडा सदस्य गुरुङले जानकारी दिए ।

योसँगै इलाममा मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार