काठमाडौं : स्थानीय बजारमा मेवाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार मेवाको मूल्य बढेको देखाएको हो ।
बजारमा नेपाली र भारतीय गरी दुई थरी मेवा किन्न पाइन्छ । आज नेपाली मेवाको मूल्य प्रतिकिलो थोकमा औसत ६ रुपैयाँ बढेको छ । हिजो सोमबार बजारमा नेपाली मेवा प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ५० रुपैयाँमा किनबेच भएको थियो ।
आज मंगलबार भने मेवा न्यूनतम ४५ देखि अधिकतम ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।





