बालेन र सुदनविरुद्ध किटानी जाहेरी दिन अनेरास्ववियुको टोली प्रहरी परिसर पुग्यो

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ ।

साह र गुरुङविरुद्ध जाहेरी दिन अनेरास्ववियुको टोली जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको अखिलका महासचिव दीपक धामीले हाम्रोदेशलाई जानकारी दिए । ‘तोडफोड, आगजनी र प्रहरी हत्या गरेको विषयमा उनीहरूविरुद्ध उजुरी दिन परिसर पुगेका हौं,’ उनले भने ।

जाहेरी लिएर पुगेका मध्ये तीन जनालाई छलफलका लागि प्रहरीले भित्र बोलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार