एमएडब्लु वृद्धिले शुक्रबारदेखि नेपालकै ठूलो एक्सचेन्ज मेला गर्ने

२०८२ आश्विन २१, मंगलवार

काठमाडौं : देशकै अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आउँदो शुक्रबार (असोज २४ गते)देखि काठमाडौंको गैरीधारा स्थित एलिस रिसेप्सन र देशभरका दिपल, नामी र सेरेसका अधिकृत सोरुमहरूमा एकैसाथ देशव्यापी मेगा एक्सचेन्ज कार्निभल आयोजना गर्ने भएको छ।

तीन दिनसम्म चल्ने यस मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडीहरू साटेर दिपल, अवतार, नामी र सेरेस जस्ता नेपालका अग्रणी इभी (Electric Vehicle) ब्रान्डका नयाँ मोडलमा अपग्रेड गर्न सक्नेछन्। काठमाडौंमा आयोजना हुने मुख्य कार्यक्रममा सहभागीहरूले इभी अवलोकन, टेस्ट ड्राइभ र मनोरञ्जनात्मक गतिविधिहरूमा भाग लिन सक्नेछन्। मेलामा ह्युमनॉइड रोबोट शो, कार रेसिङ सिमुलेटर, किड्स जोन, इनडोर गेम, र रिफ्रेसमेन्ट जोन पनि रहनेछ।

ग्राहकहरूले आफ्ना पुराना गाडीको सर्वोत्तम मूल्यांकन पाँच प्रमुख रिकन्डिसन हाउसहरूबाट गराउन सक्नेछन्। साथै, एक्सचेन्ज बोनस र नगद छुटमार्फत अधिकतम १५ लाख रुपैयाँसम्मको अफर उपलब्ध हुनेछ। मेलामा गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीका लागि नाइट स्टेको अफर पनि पाउनेछन्।

कार्यक्रममा पहिलो पटक अल्ट्रा–प्रिमियम इलेक्ट्रिक एसयुभी अवतार टेस्ट ड्राइभका लागि उपलब्ध हुनेछ। साथै, नाडा अटो शोमा आकर्षण बनेको दिपल S05 र सेग्मेन्ट–फस्ट फिचरहरू सहितको नामी भिगो पनि प्रदर्शनमा राखिनेछ।

काठमाडौंका अलावा, देशभरका दिपल, नामी र सेरेस सोरुमहरूमा पनि समान रूपमा एक्सचेन्ज कार्निभल आयोजना हुनेछ, जहाँ ग्राहकहरूले एक्सचेन्ज सुविधा, नगद छुट र अन्य आकर्षक अफरहरू पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार