मलेसियालाई हराउँदै नेपालले जित्यो महिला टी-२० शृंखला

२०८२ आश्विन २२, बुधबार

काठमाडौँ : अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ।

पाँच खेलको सिरिजअन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको हो। योसँगै नेपालले ३-२ ले सिरिज जितेको हो। मलेसियाले दिएको १०४ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गर्‍यो।

यसअघि नेपाल दोस्रो र चौथो खेलमा ६ विकेटले विजयी भएको थियो। पहिलो खेलमा भने नेपाल ३ रन र तेस्रो खेलमा १३ रनले मलेसियासँग हारेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार