दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतविरुद्ध मुद्दा दायर गरेको हो । गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो मागदाबी गरेको छ ।

त्यस्तै, यस प्रकरणमा मुछिएकाहरू अन्य रामचन्द्र अधिकारी, याम कुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुन, सुजन कुमार तामाङविरुद्ध पनि मुद्दा दायर भएको छ । यमकुमारी गुरुङ र तुलसीराम बुढा मगरसँग पनि समान ७८ लाख बिगो मागगरिएको छ ।

यसैगरी, खम बहादुर पुनसँग २५ लाख, सुजन कुमार तामाङसँग ७८ लाख र तत्कालिन मालपोत प्रमुख रामचन्द्र अधिकारीसँग ५३ लाख बिगो माग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार