जेनजी आन्दोलनमा नायक मानेका पात्रहरु खलनायक बने : महेश बस्नेत

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् ।

नेकपा एमालेको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै नेता बस्नेतले मानवता हराएको र कानुनको शासन हराएको अवस्था सिर्जना भएको बताउदै जेनजी आन्दोलनका क्रममा नायक मानेका कैयौं पात्रहरु खलनायकको रुपमा प्रस्तुत भएको टिप्पणी गरेका हुन् ।

नेता बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी युवाहरुलाई प्रयोग गरेर देशलाई अस्तव्यस्त बनाएको बताएका छन् । बालेनले मंगलबार पोष्ट गरेको स्ट्याटसमा आएका कमेन्ट तीन बर्ष अघि आएको भए आज देशको यस्तो अवस्था आउने थिएन भन्दै अहिले देशमा अराजकता सिर्जना गर्न खोजिएको बताए ।

बस्नेतले जाँचबुझ आयोगका अध्यक्ष गौरिबहादुर कार्कीलाई निष्पक्ष छानबिन गर्न आग्रह गर्दै गोली चलाउने शार्पशुटरको बारेमा पनि छानबिन होस् भन्दै नख्खु जेलमा रवि लामिछानेलाई छुटाउन जाने रास्वपाका नेताहरुमाथि पनि छानबिन गर्न आग्रह गरेका छन् । साथै जेलबाट भागेका कैदीहरुको बारेमा छानबिन गर्नुपर्ने भन्दै देश अपराधको भडखालोमा लैजान लागेको त होइन भन्दै निष्पक्ष छानबिन गर्न आयोगको ध्यानाकर्षण गराएका छन् ।

बस्नेतले प्रधानमन्त्री सुशिला कार्कीले यसअघि पाँच दिनमा भ्रष्टाचारको छानबिन गर्न सकिन्छ भनेको बताउदै अहिले के हेरेर बसेको भन्दै प्रश्न गरेका छन् । उनले अर्थमन्त्री रामेश्वर खनाल, उर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालबाट छानबिन गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार