एनआईसी एशिया बैंकका ग्राहकलाई किरण आँखा अस्पतालमा १० प्रतिशतसम्म छुट

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : एनआईसी एशिया बैंकका ग्राहक महानुभावका लागि अब आँखा उपचारमा विशेष सुविधा प्राप्त हुने भएको छ।

बैंक र वीरगंजस्थित किरण आँखा अस्पतालबीच भएको सम्झौतापश्चात्, बैंकका ग्राहकले उक्त अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन्।

सम्झौता अनुसार, ग्राहकहरूले OPD, Diagnostics, Surgery, तथा Branded / Non-Branded Optical सेवामा छुट पाउनेछन्। उक्त सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गर्न सक्नेछन् वा मोबैंक (MoBank) एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ।

बैंकले यस सहकार्यले आफ्ना ग्राहकहरूलाई सहज स्वास्थ्य सेवा पहुँचका साथै डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ। यसले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै देशभर डिजिटल अर्थतन्त्रको विकासमा योगदान पुर्‍याउने बैंकको धारणा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार