म्याग्दीमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते

२०८२ आश्विन २२, बुधबार

काठमाडौँ : म्याग्दीमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बेनी नगरपालिका–९ तुसारेपानीमा बुधबार क्षमता भन्दा बढी यात्रु बोकेका कारण जीप दुर्घटना भएकाे प्रहरीले बताएकाे छ । रघुगंगा गाउँपालिका–८ बाट सदरमुकाम बेनीतर्फ आउँदै गरेको ग २ च ५९३० नम्बरको जीप ब्रेक फेल भएर सडकबाट करिब १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएकाे छ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल बेनीमा उपचारका लागि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार