बालेन र सुदनविरुद्ध चितवनमा पनि किटानी जाहेरी

२०८२ आश्विन २२, बुधबार

काठमाडौं : काठमाडौं महानगरकापालिकाका मेयर बालेन्द्र शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्ध चितवन प्रहरीमा पनि किटानी जाहेरी परेको छ ।

एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका चितवन जिल्ला संयोजक अमित आचार्यले किटानी जाहेरी दिएका हुन् । प्रहरीले जाहेरी बुझे पनि दर्ता हुन बाँकी रहेको आचार्यले बताए । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै अनेरास्ववियूले विभिन्न जिल्लामा उजुरी दिइरहेको छ ।

जाहेरीसहित भिडिओ, फोटो तथा फुटेजसहित पेनड्राइभमा प्रमाण राखेर बुझाइएको आचार्यले बताए । चितवनका एसपी गोबिन्द पुरीले केन्द्रको निर्देशनअनुसार अघि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार