काठमाडौँ : फिल्म ‘वरिष्ठ बलराम’ आगामी कात्तिक ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्ममा दयाहाङ राई र विजय बराल मुख्य भूमिकामा छन् । हिट फिल्म ‘कबड्डी’ देखि ‘जारी’ सम्म यी दुई कलाकारको सहकार्य रहँदै आएको छ भने प्रायः फिल्ममा विजय दायाहाङ सहयोगीका रूपमा देखिँदै आएका छन् । तर यसको सहकार्य अलि भिन्न रहेको अनुमान गर्न सकिन्छ । किनभने निर्माण युनिटले पोष्टरदेखि ट्रेलरसम्म दयाहाङ र विजयलाई उत्तिकै स्पेसमा दिएको छ ।
फिल्मको एक पोस्टरमा यी दुवै कलाकार एक–अर्कोसँग भिड्दै गरेको समेत देखाइएको छ । केहीअघि मात्र फिल्मको ‘न्यौली बनैमा’ बोलको गीत सार्वजनिक भएको थियो । त्यसमा विजयलाई अभिनेत्री समृद्धि अर्यालको जोडीको रूपमा देखाइएको थियो । जसमा दयाहाङ अटाएका थिएनन् ।





