बिपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी

२०८२ आश्विन २३, बिहीबार

काठमाडौँ : यही असोज १७ र १८ गतेको अविरल वर्षाका कारण रोशी खोलामा आएको बाढीले बगाएको बीपी राजमार्ग एकतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

बाढीले बगाएको डाइभर्सन अस्थायी निर्माण कार्य आज सकिने भएकाले अस्थायी रूपमा एकतर्फी यातायात सञ्चालन गर्नेगरी तयारी गरिएको सडक विभागका सुपरिटेण्डेण्ट इञ्जिनियर शुभराज न्यौपानेले बताएका छन् ।

बाढीले क्षति पु¥याएको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक स्थलगत अनुगमन गरेको बताउँदै उनले चौकिडाँडा र नेपालथोकका ठुला डाइभर्सन बनिसकेको र बाँकी पनि निर्माण कार्य भइरहेको बताए ।

उनले भने, बाढीले काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्म ठाउँठाउँमा सडक बगाएको छ । बगाएको सडकमा दुवै तर्फबाट निर्माणको काम अहिले जारी छ । रोशीखोलाको पानीलाई सडक बगाएको ठाउँबाट डाइभर्ट गरी खोलाले बगाएको ठाउँ पुरेर सडक बनाउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार