कांग्रेस सुर्खेतका पूर्वसभापति मल्लको निधन, कांग्रेसद्वारा दुःख व्यक्त

२०८२ आश्विन २३, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसले पार्टी सुर्खेतका पूर्वसभापति गोविन्दबहादुर मल्लको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ती जारी गरी पार्टी सुर्खेतका पूर्वसभापति एवम् जिल्ला विकास समितिका पूर्वसभापति मल्लको ७८ वर्षमा भएको निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

स्वर्गीय मल्लले पार्टीको विभिन्न पदीय जिम्मेवारीमा रहेर नेपाली कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका कांग्रेसले जनाएको छ । मल्लको निधनबाट पार्टीले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको बताएको छ ।

मल्लको निधनप्रति कांग्रेस सभापति, संसदीय दलका नेता एवम् पूर्वप्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । “मल्लको निधनको खबरले मलाई दुःखीत बनाएको छ, स्वर्गीय मल्लले पार्टी सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको सक्रिय भूमिका सदा स्मरणीय रहनेछ, उनको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको छ”, सभापति देउवाले भने ।

उनले स्वर्गीय मल्लको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार