काठमाडौं : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
एमआरआई मेसिन खरिदमा १२ करोड रुपैयाँ घोटाला गरेको आरोप छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित १३ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी हुन् । उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।
प्रतिष्ठानले करिब ११ करोड रुपैयाँमा लुम्बिनी हेल्थकेयरसँग एमआरआई मेसिन खरिद गर्दा अनियमितता भएको हो। मिलमेतोमा महंगो मुल्यमा एमआरआई खरिद गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो।





