केपी ओलीलाई पक्राउ गरिए देशभरि आगो बाल्छौं : महेश बस्नेत

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं :  नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरिए देशभरि आगो बाल्ने चेतावनी दिएका छन् ।

उनले यही असोज २५ गते शनिबार एमालेले शक्ति प्रदर्शन गर्न लागेको पनि जानकारी दिए ।

एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जेन–जी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गोली हान्न आदेश नदिएको दाबी गरे । उनले ओलीले गोली हान्न आदेश दिएको हो भने प्रमाण देखाउनपनि उनले चूनौति दिएका छन् ।

बस्नेतले विदेशीको योजनामा सार्पसुटर ल्याएर आन्दोलनको नाममा जेन-जी युवाहरुको हत्या गरिएको आरोप लगाए । उनले जेनजी युवाहरुको हत्याको विषयमा काठमाडौं महानगरका मेयर बालेन शाहमाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन् । सो क्रममा उनले अहिलेका उर्जामन्त्री कुलमान घिसिङलाई नम्बर एक भ्रष्टाचारीको संज्ञा दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार