प्रहरीका चार डीआईजी एआईजीमा बढुवा

२०८२ आश्विन २३, बिहीबार

काठमाडौं : नेपाल प्रहरीका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले रिक्त चार एआईजीमा बढुवाको निर्णय गरेको हो। असोज १२ गते बसेको बढुवा समितिको बैठकले नाम सिफारिस गरेको थियो।

प्रशासन विभागका डीआईजी सुशिल सिंह राठौर, मधेस प्रदेशका प्रहरी प्रमुख उमाप्रसाद चतुरवेदी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हिमालय कुमार श्रेष्ठ र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डम्बरबहादुर विक एआईजीमा बढुवा भएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार