फिल्म ‘ककाकिकी’ को छायाङ्कन पर्वतबाट सुरु

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौँ : फिल्म ‘ककाकिकी’ को छायाङ्कन सुरु भएको छ ।

बिहीबार बिहान शुभमुर्हुत गर्दै पर्वतको भूकदेउरालीबाट फिल्मको छायाङ्कन सुरु गरिएको हो । ३५ दिने तालिकासहित सुरु भएको फिल्मको २० दिन पर्वतमा र त्यसपछि काठमाडौँमा छायाङ्कन हुनेछ ।

फिल्म कमेडियन बिक्की अग्रवालले निर्देशन गर्न लागेका हुन् । फिल्ममा तृप्ती नाडकर, रेखा थापा, दिया मास्के, सुवास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा, गौरी मल्ल लगायतको अभिनय रहनेछ ।

फिल्म निर्देशनमा बिक्कीलाई श्रद्धा प्रसाईंले सघाउनेछिन् । फिल्म ‘कमेडी दरबार’ टिमले निर्माण गर्न लागेको हो । फिल्मको लेखक पनि बिक्कीसँगै विकास अर्याल र सरोज भण्डारी हुन् । यस्तै फिल्ममा स्क्रिन प्ले पनि बिक्की कै रहेको छ भने विश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रूपमा रहेका छन् ।

फिल्मको सहायक निर्देशन अनिश बुढाथोकीले गर्नेछन् । फिल्मको डिओपीको जिम्मा सुदिप बरालले सम्हालेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार