लुम्बिनी विकास कोषको कामु सदस्य सचिवमा राई

२०८२ आश्विन २४, शुक्रबार

काठमाडौँ : लुम्बिनी विकास कोषमा वरिष्ठ अधिकृत ज्ञानिन राईलाई कायममुकायम सदस्य सचिव तोकिएको छ ।

कोषका सदस्य सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल २१ असोजमा सकिएसँगै उक्त पद रिक्त थियो । शाक्य नेकपा एमालेको कोटाबाट सदस्यसचिव नियुक्त भएका थिए । उनको कार्यकाल सकिएसँगै कोषका वरिष्ठ अधिकृत एवं १०औं तहका वरिष्ठ निर्देशक राईलाई कायममुकायम सदस्य सचिव तोकिएको हो ।

कोष पदाधिकारी विनियमावली, २०५८ को विनियम २९(५) मा सदस्य–सचिव बिदामा बसेको वा अन्य कुनै कारणबाट अनुपस्थित रहेका बेला रिक्त रहेको अवस्थामा वरिष्ठतम् अधिकृतलाई कायममुकायम दिई कार्य सञ्चालन गर्ने व्यवस्था छ । सोही अनुसार राई कामु सदस्य सचिव भएको कोषका सूचना अधिकृत राजन बस्नेतले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार