काठमाडौं : कपिलवस्तुको सुठौलीमा शुक्रबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
तौलिहवा–मर्यादपुर सडक खण्डअन्तर्गत यशोधर गाउँपालिका–५ मा रोकेर राखेको यूपी ५१ एटी ४४५५ नम्बरको भारतीय ट्रकसँग लु २२ प ९४८४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा वाणगंगा नगरपालिका–२ पिपराका गणेश कुमार गुप्ताको मृत्यु भएको मर्यादपुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक उदयबहादुर डाँगीले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते ३० वर्षका गुप्ताको जिल्ला अस्पताल, तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । उनले मादक पद्धार्थसमेत सेवन गरेर मोटरसाइकल चलाएको अनुसन्धानबाट खुलेको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने सोही ठाउँमा २१ वर्षिया ध्रुर्व शाह घाइते भएका छन् ।





