विष्णु पौडेल विद्या भण्डारीको पक्षमा उभिए

२०८२ आश्विन २५, शनिबार

काठमाडौं : नेकपा (एमाले) मा पुरानो समिकरण भत्किएको छ । यसअघि अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका उपाध्यक्ष विष्णु पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा उभिएका हुन् ।

नेकपा (एमाले) को शुक्रबारबाट सुरू ५८ औं सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय सच्याउनुपर्ने बताएका हुन् । पौडेलले पूर्वराष्ट्रपति भण्डारीलाई वेलकम गर्नुपर्ने बताए ।

एक पदाधिकारीका अनुसार पौडेलले भनेका थिए, ‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किएर काम गर्न चाहनु हुन्छ भने वलकम गरौं ।’ भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय लिनुपर्ने पौडेलको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार