तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगरस्थित पृथ्वीराजमार्गमा शनिबार दिउँसो बस र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्को एक जना गम्भीर घाइते भएका छन् ।
प्रहरी चौकी डुम्रेका अनुसार आँबुखैरेनीबाट डुम्रेतर्फ आइरहेको ग. १ ख. ९७०८ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ग. २६ प. ९२८७ नम्बरको स्कुटर आज दिउँसो करिब १२ बजेर १० मिनेटको समयमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटर चालक गोरखा धार्चे गाउँपालिका–७ का २८ वर्षीय पुनराम गुरुङ गम्भीर घाइते भएका थिए । उनीसहित सोही स्कुटरमा पछाडिको सिटमा रहेका ३२ वर्षीय मनोज गुरुङको पनि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका छन्।





