राष्ट्रपतिलाई केहि दिन आराम गर्न डाक्टरको सुझाव

२०८२ आश्विन २७, सोमबार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई अझै केही दिन आराम गर्न डाक्टरहरूले सल्लाह दिएका छन् ।

स्वास्थ्यमा समस्या आएपछि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर उपचारपछि आइतबार डिस्चार्ज भएका उनलाई डाक्टरहरूले केही दिन आराम गर्न सल्लाह दिएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार डाक्टरहरूको सल्लाहसँगै आज तय गरिएको जेनजीका प्रतिनिधिहरूसँग छलफल गर्ने कार्यक्रम नहुने भएको छ । अन्तरिम सरकारमा मन्त्रीमण्डल विस्तार र आफ्ना मागहरू पूरा हुन नसकेको विषयमा राष्ट्रपति पौडेलसँग जेनजीको छलफल हुने कार्यक्रम रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार