सुनको मूल्यमा भारी वृद्धि

२०८२ आश्विन २७, सोमबार

काठमाडौं : सोमबार छापावाल सुनको मूल्य २ हजार ४ सय रूपैयाँले बढेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रूपैयाँ कायम भएकोमा आज २ हजार ४ सय रूपैयाँले बढेर २ लाख ४० हजार ४ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय २५ रूपैयाँ कायम भएकोमा आज ९५ रूपैयाँले बढेर ३ हजार २ सय २० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार