माओवादी नेता महरालाई आज अदालत उपस्थित गराइने

२०८२ आश्विन २७, सोमबार

काठमाडौँ : पूर्वसभामुख एवम् माओवादी नेता कृष्णबहादुर महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज अदालतमा उपस्थित गराउने भएको छ।

विद्युतीय चुरोट (भेप) मा सुन तस्करी र संगठित अपराधको कसुरमा अनुसन्धानका लागि भन्दै महरालाई सीआईबीले आइतबार पक्राउ गरेको थियाे।

आज म्याद थपका लागि उनलाई जिल्ला अदालतका काठमाडौँमा उपस्थित गराउने सीआईबीका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।

यसअघि २०८० सालमा सीआईबीले नै अनुसन्धान गरेर महरापुत्र राहुलसहित चार जनालाई प्रतिवादी बनाइएको थियो। महरासँग कागज गराए पनि प्रतिवादी बनाइएको थिएन।

त्यतिबेला सीआईबीमा कागज गर्दा महराले आफूलाई सुन ल्याएको विषय थाहा नभएको र भेप मात्रै भए मिल्नेजति हेरिदिनु भनेर फोन गरेको बयान दिएका थिए।

सोही मुद्दामा २ वर्षपछि महरालाई पक्राउ गरेर अनुसन्धान अगाडी बढाइएको हो। उनलाई भन्सार ऐन र संगठित अपराधको कसुरमा अनुसन्धान गर्ने सीआईबीको तयारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार