काठमाडौँको गौरीघाटमा एक महिलाको हत्या, श्रीमान पक्राउ

२०८२ आश्विन २७, सोमबार

काठमाडौँ : गौरीघाटमा एक जना महिलाको हत्या भएको छ।

आइतबार दिउँसो काठमाडौं महानगरपालिका-७ गौरीघाट मिलनचोक बस्ने ४० वर्षीया बिमला तामाङको शव फेला परेको हो। संखुवासभा खाँदबारी नगरपालिका-६ का ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पा उनका श्रीमान हुन्।

आइतबार बिमला कोठामा मृत फेला परेकी थिइन्। मृत फेला परेको खबरपछि प्रहरी वृत्त गौशालाबाट प्रहरीको टोली खटिएको थियो।

प्रहरीले तेन्जिङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरू दुई जनाबीच विवाद भएको खुलेको छ। त्यसक्रममा झगडा हुँदा तेन्जिङले बिमलामाथि कुटपिट र ढुंगा समेत प्रहार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार