काठमाडौं : ओमानमा जारी आईसीसी टी–२० विश्वकपको एसिया–प्रशान्त क्षेत्रीय छनोट अन्तर्गत सोमबार ‘सुपर–६’ चरणमा नेपाल र कतारबीच खेल हुँदैछ ।
उक्त खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । कतारले टस जिती पहिले नेपाललाई ब्याटिङको निम्तो दिएको हो । खेल नेपाली समय अनुसार, अहिले राति ८:४५ बजे शुरू हुनेछ ।
एसिया–प्रशान्त क्षेत्रको यो अन्तिम चरणको छनोट प्रतियोगिता हो । यो प्रतियोगिताबाट तीनवटा टोली आगामी टी–२० विश्वकपमा छनोट हुने प्रावधान रहेको छ ।





