काठमाण्डौ : गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको असोज २७ गते सोमबार दिउँसो ३ः३० बजेको सञ्चालक समितिको ३३४ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि लाभांश घोषणा गरेको हो।
जसअनुसार आर्थिक वर्ष २०८१/८२ को अन्त्यमा कायम रहेको सञ्चित मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस सेयर र ४.५३ प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने निर्णय भएको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।
हाल बैंकको चुक्तापूँजी ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३२७ रुपैयाँ ५७ पैसा रहेको छ । प्रस्ताव गरिएअनुसार बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय सतसट्ठी रुपैँया २२ पैसा कायम हुनेछ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले देशभर १२५ शाखा कार्यालय, १ एक्सटेन्सन कार्यालय र ५१ वटा ATM मार्फत ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।





