महराको गिरफ्तारीले गम्भीर आशंका पैदा भएको छ : देव गुरुङ

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराको गिरफ्तारीले गम्भीर आशंका पैदा गराएको बताएका छन् ।

कानूनी रुपमा नै त्यतिबेला महराविरुद्ध मुद्दा नचल्ने निर्णय भइसकेको र सो प्रकरणमा महराको छोरा राहुलले १८ महिना कैद भुक्तान गरिसकेको उनले बताएका छन् ।

‘सरकारले क.महरालाई ३ वर्ष अगाडिको एउटा मुद्दाको नाममा गरिएको गिरफ्तारले गम्भीर आशंका पैदा गरेको छ। कानुनी रुपले त्यसै बेला उक्त मुद्दा नचल्ने र त्यहि मुद्दामा उहाँको छोरा राहुललाई अदालतबाट १८ महिना तोकिएको कैद पनि भुक्तानी भैसकेको स्थिति हो,’– उनले भनेका छन् ।

मुलुकको राष्ट्रियता तथा लोकतन्त्रमाथि गम्भीर संकट पैदा भैरहेको र राजनीतिक दलहरुको आधारमा मात्र मुलुकको स्वाधीनता बचिरहेको स्थितिमा उक्त मुद्दा फेरि क्रियाशील गराइको भन्दै उनले आपत्ति जनाएका छन् । नेता गुरुङले कानुनी रुपले निष्पक्ष र स्वतन्त्र ढंगले न्यायिक निरुपण हुने अपेक्षासहित कानुनी आवरणमा कुनै पनि प्रकारको षडयन्त्र र राजनीतिक प्रतिशोध नहोस् भनी ध्यानाकर्षण गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार