सुन्धाराको होटलमा प्रिन्सिपल मृत फेला

२०८२ आश्विन २८, मंगलवार

काठमाडौँ । काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारामा रहेको होटलमा एक जना शिक्षक मृत अवस्थामा भेटिएका छन् ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा घर भएका ४६ वर्षीय सुरेश पुन मगर मृत भेटिएका हुन् । मंगलबार मृत भेटिएका उनको शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए । उनी रुकुम पश्चिम स्थित सिस्ने सनराइज बोर्डिङ स्कुलको प्रिन्सिपल हुन् ।

पुन मगर १ महिनादेखि सुन्धारा स्थित होटल रोयल थकालीमा बस्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार