विपिन जोशीको निधनको खबरले स्तब्ध बनायो : राष्ट्रपति

२०८२ आश्विन २८, मंगलवार

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले विपिन जोशीको निधनको खबरले अत्यन्त मर्माहत भएको बताएका छन् ।

हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि अथक प्रयास गरेको तर, अकस्मात् उनको निधनको खबरले स्तब्ध भएको राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् ।

‘इजरायल पुगेका नेपाली विद्यार्थी विपिन जोशीको निधनको खबरले म अत्यन्त मर्माहत भएको छु । हमासको कब्जामा रहेका जोशीको रिहाइका लागि अथक प्रयास गरेको तर अकस्मात् जोशीको निधनको खबरले स्तब्ध भएको छु’, राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जोशीप्रति हार्दिक श्रद्धाञ्जली । शोकाकुल परिवारजन र शुभेच्छुकप्रति हार्दिक समवेदना ।’

हमासको कब्जामा रहेका विपिनको शव सोमबार इजरायललाई बुझाइएको थियो । इजरायलमा मंगलबार भएको परीक्षणमा उक्त शव विपिनकै रहेको पुष्टि भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार