स्कार्पियोसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२०८२ आश्विन २९, बुधबार

काठमाडौँ : काठमाडौँको नयाँ बानेश्वर स्थित मीनभवनमा गएराति स्कार्पियो र मोटरसाइकल ठोक्किएका छन् ।

बानेश्वरबाट अगाडि बढेर सिभिल अस्पतालतर्फ मोड्दै गरेको बिएबी ०३६५ नम्बरको स्कार्पियोसँग सोही दिशाबाट आएको मोटरसाइकल ठोक्किएको हो । गएराति भएको दुर्घटनामा बा.८१ प ४०१० नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक घर भएका २३ वर्षीय बालकृष्ण परियारको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।

स्कार्पियो चालक काठमाडौँको कपन घर भएका ४३ वर्षीय कृष्ण कुमार कुइँकेललाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव सिभिल अस्पतालमा छ । घटनाबारे प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरिरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार