सशस्त्रमा १६८ अधिकृतको जिम्मेवारी बदली

२०८२ आश्विन २९, बुधबार

काठमाडौँ : सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले बदलिँदो सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकैपटकमा १ सय ६८ जना सशस्त्र प्रहरी अधिकृतहरूको कमान्ड जिम्मवारी बदली गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक २६ जना, सशस्त्र प्रहरी निरीक्षक ९३ जना र सशस्त्र प्रहरी नायब निरीक्षक ४९ जना गरी जम्मा १ सय ६८ अधिकृतको जिम्मेवारी बदली गरिएको हो।

लामो समय एउटै प्रदेशमा कार्यरत अधिकृतलाई फरक प्रदेशको युनिटमा खटाइएको छ। अनिर्वाय अवकाश हुन कम अवधि बाँकी रहेका सशस्त्र प्रहरी अधिकृतहरूलाई प्राथमिकतामा राखी कमान्ड जिम्मेवारी खटाउने तथा आफ्नो वतन तथा कार्यरत क्षेत्रभन्दा फरक भौगोलिक क्षेत्रमा कामकाज गर्ने गरी जिम्मेवारीमा खटाउँदै आएको मुख्यालयले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार