मधेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादवले पनि गरे दाबी

२०८२ आश्विन २९, बुधबार

काठमाडौँ : मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवले पनि दाबी पेश गरेका छन् । तीन दलका ५८ सांसद्का हस्ताक्षरसहित उनले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

कांग्रेस नेता यादवले कांग्रेसको २२, नेकपा (एमाले) को २५ र जनमतको १३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । यद्यपि जनमतले भने आफूहरुको समर्थन लोकतान्मिक समाजवादी पार्टीको जिन्द्र सोनलप्रति रहेको बताएको छ ।

जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले  भने, ‘हाम्रो समर्थन जितेन्द्र सोनललाई हो । कांग्रेस नेता कृष्णप्रसाद यादवलाई समर्थन छैन । त्यो कुनै पुरानो कन्टेक्स्टमा होला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार