कुखुराको मासुको मूल्य घट्यो

२०८२ आश्विन २९, बुधबार

काठमाडौं : बजारमा कुखुराको मासुको मूल्य घटेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज बुधबारदेखि लागु हुने गरी मासुको मूल्य घटेको हो ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँदेखि १५ रुपैयाँसम्म घटेको जानकारी दिए ।बीसीका अनुसार जिउँदो कुखुरामा प्रतिकिलो १० रुपैयाँ घटेर २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ५० रुपैयाँ थियो ।

यस्तै, तयारी कुखरा मासुको मूल्य पनि घटेको छ । तयारी मासु प्रतिकिलो १५ रुपैयाँले घटेको हो । यसअघि ३ सय ४५ रुपैयाँ रहेको तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँमा झरेको अध्यक्ष बीसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार