धानखेतमा नवजात शिशु फेला

२०८२ आश्विन २९, बुधबार

महोत्तरी : यहाँको जलेश्वर नगरपालिका–४ स्थित धान खेतमा आज दिउँसो एक नवजात शिशु फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्टका अनुसार दिउँसो करिब २ बजे भार्गवसर पोखरी नजिकैको धानखेतमा अन्दाजी १५/१६ दिनको पुरुष शिशु जीवितै फेला परेको हो । जीउमा हल्का निलो रङगको लुगा लगाएको र गुलाफी रङगको कपडामा बेरिएको अवस्थामा रहेको उक्त शिशुलाई वनमा घाँस काट्न गएका स्थानीयहरुले धानखेतमा देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरीले उक्त शिशुलाई तत्काल स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जलेश्वर पु¥याएको छभने शिशु पूर्णरुपमा स्वस्थ र सुरक्षित रहेको जनाइएको छ । शिशु कसको हो भन्ने सम्बन्धमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

धानखेतमा कि छाडेको भन्ने सम्बन्धमा जिल्लाका सबै प्रहरी युनिटमा खोजतलासका लागि जानकारी गराइएको प्रनाउ भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार