काठमाडौँ : बिहीबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज २ हजार रूपैयाँले बढेर २ लाख ५० हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला ३ हजार २ सय ४० रूपैयाँ कायम भएकोमा आज ३५ रूपैयाँले बढेर ३ हजार २ सय ७५ रूपैयाँ कायम भएको छ ।





